२०८२ कार्तिक २०, बुधबार
 

करेन्ट लाग्ला है ! होस् गर्नुृ होला !

काठमाण्डौ महानगरपालिका कमलादी स्थित हिमालयन बैंकको केन्द्रीय कार्यालय अगाडी रहेको नेपाल विद्युत प्राधीकरणको विजुलीको खम्बाबाट निस्कीएको तार फूटपाथ सम्म नै लत्रेको छ । फूटपाथमा मानिसहरु हिड्दा सो तारले झण्डै झण्डै टाउको छुन खोज्छ । उक्त तारमा टेप टासीएकोले सो तारका करेन्ट बगीरहेको हुन सक्छ । यो पंक्तिकार सोहि बाटो हुदै फूटपाथमा हिड्ने क्रममा टाउकोमा तार झण्डै ठोकीएकोले यो विषय जानकारी मा आएको हो ।

सोहि फूटपाथमा हिड्ने धेरै मानिसहरु तार देखेर आफ्नो टाउकोलाई अलि निहुराएर तार मुनिबाट हिडेको देखिन आयो । तपाइँहरुको पनि सो बाटो हिड्दा होस् पुर्याएर हिड्नु होला ।


बत्तिको पोलमा झुण्ठाइएको सह मिटरमा बत्ति बलेको देखिन आएकोले सो तारमा करेन्ट बगेको हुन सक्ने र जो कसैलाई पनि करेन्ट लाग्न सक्न भएकोले यो पंतिकारले १०० नं. मा फोन गरी सो को जानकारी गराउदा १०० नं. बाट काठमाण्डौं महानगरपालिका सुरक्षा प्रमुखको मोवाईन नं. उपलब्ध भएको र सो विषयमा महानगरपालिकालाई खबर भएको छ । हेरौ महानगरपािलका र नेपाल विद्युत प्राधिकरणको ध्यान गई सो लत्रीएको तारको कहिलेसम्म मर्मत हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने