काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरेको छ ।
आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरेको उनले बताए ।
प्रदेशतर्फ ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब एक करोड हस्तान्तरण गरिएको पनि उनले बताए ।