काठमाडौ,
काम विशेषले हामी(चंखेली खबर कर्मी) नक्साल ईलाकामा थियौँ। काम सकेर फर्किने क्रममा कमलादीस्थित हिमालयन बैंक र प्रज्ञा भवन बिचको सडकमा टक्क रोकियौँ,कारण थियो स्पष्ट नो पार्किङ को बोर्ड भएकै लाइनमा दस पन्ध्र वटा गाडिहरु पार्किङ गरिनु, जहाँ यसअघि पनि चंखेली खबर टिम को रिपोर्टिङ पश्चात् ट्राफिक प्रहरीले कार्वाही गरेको थियो।
यस्तो देखेपछि मैले आफ्नो मोबाइलको क्यामेरा तेर्साएँ।
अगाडी भएको एउटा कारको चालकले झ्यालको सिसा खोलेर किन खिच्नुभएको भनी प्रश्न गरे। तपाईंले सवारी गलत ठाउँमा पार्किङ गर्नुभएको छ भन्ने मेरो उत्तर पाउँनासाथ उक्त गाडी अगाडि बढ्यो। त्यहाँ यस्ता सवारीहरु प्रशस्तै थिए यद्यपि सबैलाई हटाउन हाम्रो अधिकार भित्रको कुरा थिएन अथवा हाम्रो बसको काम थिएन।
सवारी आवागमनमा सहजता ल्याउनको लागि स्थानीय निकायको सहकार्यमा सडकको एक साइड पार्किङ को ब्यबस्था नै गरिएको छ। अर्कोतर्फ को बाँकी भाग पनि पुरै ढाकेर गरिएको उक्त पार्किङले गर्दा पैदलयात्रीहरु जोखिम मोलेर सडकमै यात्रा गरिरहेको देखेपछि हामिले फोनमार्फत ट्राफिक प्रहरी प्रमुख तथा त्यहाँ कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई जानकारी गरायौं। तत्काल(दुई/तिन मिनेटमै) दुइवटा मोटरसाइकलमा दुई ट्राफिक जवान व्हिल लक लिएर आइपुगे । सवारी भित्र वा छेउछाउ मै चालक भएका गाडिहरु धमाधम निस्किए भने चालक त्यहाँ नभएका केही गाडिहरु मा लक लगाइयो।
हामिले ट्राफिक जवानलाइ यहाँ किन यस्तो लापरबाही भयो भनेर प्रश्न गर्दा भर्खर हटाएपनी चालक ले तुरुन्तै राखिहाल्ने हुँदा यहाँ गाडि हटाएर खाली गर्न निकै मुस्किल परिरहेको बताए।
यो घटना त एउटा उदाहरण मात्रै हो। यस्ता लापरबाहीहरु उपत्यका का कैयौँ स्थानहरुमा देख्न सकिन्छ। समग्रमा हेर्दा यहाँ गल्ती एउटा पक्षको मात्रै छैन। चालकहरुले पुर्ण लापरबाही गरेको पाइन्छ। जुन कार्यालय को कामले त्यहा आएका हुन्छन् सोही कार्यालयले पर्याप्त पार्किङ को ब्यबस्था गर्दा पनि सजिलो र छिटो को निम्ति सडक मै पार्किङ गरेको पाइन्छ भने ट्राफिक प्रहरीले पनि कडा अनुगमन नगरेको देखिन्छ। त्यसैगरी सबैभन्दा मुख्य र नितिगत गल्ती यहाँ स्थानीय प्रशासनको देखिन्छ। सशुल्क या निशुल्क पार्किङ को ब्यबस्था गरि स्थायी रुपमा समस्या हल गर्नुपर्ने जिम्मेवारीतर्फ प्रशासनले आँखा पुर्याएको पाइदैन।
तसर्थ जथाभावी पार्किङ ले हुने गरेका सडक जाम तथा पैदलयात्रुमा पर्न सक्ने समस्यालाइलाई बेलैमा सम्बोधन गरि पैदलयात्रीको अधिकार सुनिश्चित गर्न थप ब्यबस्थापन ,नीति नियम तथा कार्वाही प्रक्रियातर्फ बेलैमा सोचिएन भने क्रमिक रुपमा दुर्घटना को दरमा हुँदै जानेतर्फ सम्बन्धित निकायले बेलैमा सोचोस्।