

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१ /२०८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश कर प्रयोजनार्थ सहित वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले शेयरधनीलाई वितरण गर्नेछ ।

