२०८३ बैशाख ५, शनिबार
 

नेपाली प्रेसले निष्पक्ष पत्रकारितामार्फत मुलुक र लोकतन्त्र बलियो बनाउनुपर्दछ : प्रधानमन्त्री

prabhu bank home loan

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्र बलियो बनाउने बताएका छन् । हेटौँडामा शुक्रबारबाट सुरु नेपाल प्रेस युनियनको नवाैँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले निष्पक्ष पत्रकारिताका लागि आग्रह गरे।

‘पछिल्लो समय नियोजित रुपमै झुठा समाचार लेख्ने र विभिन्न लान्छना लगाउने प्रवृति बढेको पाइएको छ,’ उनले भने, ‘त्यसलाई कमजोर बनाउने निष्पक्ष पत्रकारिता अति नै आवश्यक छ।’ उनले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि भएको विभिन्न चरणको संर्घषमा प्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वको विषयमा पत्रकारले सदैव कलम चलाउनुपर्ने बताए।

कोरोनाकालमा समते सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले भने ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ। लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ।’

फरक प्रसंगमा देउवाले केहि समयभित्रै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताए। सरकार आम निर्वाचनको तयारीमा रहेकाले निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाउन पनि उनले पत्रकारहरुसँग आग्रह गरे।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten + twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने