२०८३ बैशाख १८, शुक्रबार
 

ब्रिलियन्ट क्याम्पसको आयोजनामा प्रिन्सिपल प्रशिक्षण कार्यक्रम सम्पन्न

prabhu bank home loan

काठमाडौं – ब्रिलियन्ट क्याम्पसको आयोजनामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका प्रिन्सिपलहरुलाइ शैक्षिक नेतृत्व र शैक्षिक पद्धति सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौंको स्मार्ट प्यालेसमा भएको कार्यक्रममा रातो बंगला स्कुलका संस्थापक डा. शान्ता दीक्षित , राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र प्रेरक वक्ता रमन भट्टराई नेपालीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा डा. शान्ता दीक्षितले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताए । घोगन्ते शिक्षाले परिक्षामा राम्रो नतिजा ल्याएपनि जीवनमा काम नलाग्ने बताए । आफ्नो विद्यालयमा पढ्ने विद्यार्थीले घुम्न जाँदा वा खेल्न जाँदा भेटिएका साथिहरुलाइ समेत शिक्षित बनाउन सक्ने शिक्षा दिनुपर्ने उनको भनाई थियो।

त्यस्तै डा. दिनेशचन्द्र देवकोटाले देश विकासमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षा क्षेत्र सुधार हुनुपर्ने बताए । नेपालमा परिवर्तनका नाममा धेरै आन्दोलन भएपनि शिक्षा क्षेत्र सुधार हुन नसकेको उनको भनाइ थियो। देशमा राम्रो शिक्षा दिने व्यवस्था गरि अन्य देशबाट नेपाल पढ्न आउन सक्ने व्यवस्था बनाउनुपर्ने उनको भनाइ थियो।

पछिल्लो समय मानिसहरू कामले गर्दा आफैँलाइ बिर्सिन थालेको भन्दै प्रेरक वक्ता रमन भट्टराईले आफ्नो लागि समय दिनुपर्ने बताए । उनले कार्यक्रममा उपस्थित प्राचार्यहरुलाइ प्रेरक कुराहरु कसरी लिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

गुणस्तरीय शिक्षाको लागि नेतृत्वको तयारी यस कार्यक्रमको उद्देश्य रहेको ब्रिलियन्ट क्याम्पसका क्याम्पस प्रमुख दुर्गा प्रसाद नेपालले बताए । ब्रिलियन्ट क्याम्पस सिपसहित ज्ञानको रुपमा अगाडि बढेकाले अबका दिनमा ब्रिलियन्टले शिक्षासँगै दक्ष जनशक्ति पनि उत्पादन गर्ने उनको भनाइ थियो। कार्यक्रममा काठमाडौं उपत्यकाको उत्तर पूर्वी भेगका संथागत र सामुदायिक विद्यालयका ४९ प्रिन्सिपलहरु र अन्य गरेर ६० जनाको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने