२०८३ बैशाख १७, बिहिबार
 

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो पेट्रोल र डिजेलको मूल्य? हेर्नुहोस्

prabhu bank home loan

काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धन) को मूल्यवृद्धि गरेको छ ।

सोमबार साँझ निगमले एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० वृद्धि भएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत नै कायम भएको छ । हाल एलपी ग्यासको मूल्य एक हजार ८ सय रूपैयाँ रहेको छ।यसअघि असार ११ गते निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो।

निगमले भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु बाध्य भएको पनि बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

7 + one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने