२०८३ बैशाख ६, आइतवार
 

कुरिलो खेतीबाट बार्षिक २० लाख आम्दानी, दैनिक ३० जनालाई रोजगारी

prabhu bank home loan

चितवन –  भरतपुर महानगरपालिका -२५ अमृतनगरका   सुमन सुवेदीले कुरिलो खेतीबाट वार्षिक २० लाख आम्दानी गर्ने गरेको छन् भने  दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन्।

एस पारा प्रालिका सञ्चालक सुवेदीले विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका छन्। उनले  दुई बिगाह क्षेत्रफलमा कुरिलो व्यवसाय गर्दै आएको र थप क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गरि २० लाख आम्दानी हुने गरेको उनले बताए।

कुरिलोको मुख्य उत्पादन हुने समयमा बजार मूल्य नपाउँदा समस्या हुने बताए ।

कुरिलो खेतीसँगै उनले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती पनि गर्दै आएका छन् । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गरेका हुन् ।

कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा  अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उनले बताए । राज्यले शक्तिको आडका आधारमा अनुदान दिने गरेकाले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

7 − four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने