

काठमाडौं – देशमा आर्थिक संकट चुलिएपछि सरकारले प्रशासनिक खर्च घटाउन भन्दै सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको छ ।
तर, आज शनिवार काठमाडौंको सडकमा छ्याप्छ्याप्ती सरकारी सवारीसाधन गुडेको भेटियो । शनिबार कार्यालय बिदा भएपनि सरकारी कर्मचारीले के प्रयोजनका लागि सरकारी सवारीसाधन प्रयोग गरे ? भन्ने पत्तो छैन ।
सरकारी सवारी बिदाको दिन चलाउन अत्यावश्यक भए जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास आवश्यक हुनेछ । पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न प्रशासनले ट्राफिक प्रहरीलाई निर्देशन पनि दिएको छ । तर शनिबार सरकारी गाडि सडकमा चलिरहेको भएपनि ट्राफिक प्रहरीले खुलेआम छाडिदिएको छ।
हेर्नुहोस् तश्विरहरू :





