२०८१ चैत्र ५, बुधबार
 

मेस्सीको ५ गोलमा अर्जेन्टिनाको सानदार जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले पराजित गरेकाे हेा ।

अर्जेन्टिनलाई सानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी एक्लैले पाँचै गोल गरे । एकपक्षीय बनेको खेलमा मेस्सीले पहिलो हाफमा दुई गोल गरेका थिए भने दोस्रो हाफमा तीन गोल थपे ।

खेलको आठौं मिनेटमा मेस्सीले पोनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा मेस्सीले नै गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

४७औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे । ७१औं र ७६औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सानदार जित दिलाए । योसँगै अर्जेन्टिना ३३औं खेलसम्म अपराजित रहन सफल भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen − four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने