२०८३ जेष्ठ ११, सोमवार
 

रासायनिक मल खरिदका लागि १५ अर्ब बजेट विनियोजन

prabhu bank home loan

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा आगामी वर्ष रासायनिक मल खरिद गर्नका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ ।

आइतबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानका लागि रासायनिक मल खरिदका लागि १५ अर्ब बजेट छुट्याएको बताएका हुन् ।

उनले भने, ‘आगामी वर्ष प्रमुख बालीहरु लगाउने समयमा रासायनिक मल सहज आपूर्ति सुनिश्चित गर्न मल खरिदका लागि १५ अर्ब बजेट विनियोजन गरेको छु ।’

ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरि रासायनिक मल स्थापना गर्न लगानी बोर्ड नेपालमार्फत कार्य अघि बढाइने पनि मन्त्री शर्माले बताए ।

यस्तै, बाजो जमिनको उपयोग गरि कृषि क्षेत्रलाई सुदृढ गराउने, कृषकहरुलाई मल, बीउलगायत औजारहरु सरल र सहज रुपमा उपलब्ध गराउने मन्त्री शर्माले बताएका छन् । प्रधानमन्त्री कृषि परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 + 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने