

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छिन ।
पछिल्लो मत परिणामअनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १ सय १९ मत प्राप्त गरेकी छिन ।
दाहाल सुवेदीभन्दा १५ सय १२ मतले अगाडि छिन ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय ६० मत पाएका छन । भरतपुरको अहिलेसम्म २६ हजार ६ सय २६ मत गणना भएको छ ।
यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन ।
उनले अहिलेसम्म ११ हजार ५ सय १५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६ हजार ६ सय ११ मत पाए ।

