२०८३ बैशाख १७, बिहिबार
 

भरतपुरमा कांग्रेस उमेदवार पौडेलले उमेदवारी फिर्ता लिएनन्

prabhu bank home loan

काठमाडौँ – उम्मेदवारी फिर्ताका लागि निर्वाचन अयोगले दिएको आज ५ बजेसम्मको समयसीमा सकिएको छ । समय सकएपनि नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरबाट मेयरमा दिएको आफ्नो उमेदवारी फिर्ता लिएनन् ।

प्रधानमन्त्रीसेमत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायत जिल्ला तहका नेताले गरेको आग्रह अस्वीकार गर्दै पौडेलले आफ्नो उमेदवारी कायमै राखे ।

आफू चितवन कांग्रेसका कार्यकर्ताको भावनाअनुसार अघि बढेको हुँदा आफूले उम्मेदावारी फिर्ता नलिएको पौडेलले बताएका छन् । अब कार्यकर्ताको साथ सहयोग र भरोसामा अघि बढ्ने पनि बताए । पौडेलले आफ्नो अडान कायमै राख्दै अब घरदैलो अभियान सुरु हुने बताए ।

पौडेलका स्वकीय सचिव नविन बरालका अनुसार अहिले पौडेल निवासमा कांग्रेसका कार्यकर्ताको भीड लागेको छ । कार्यकर्ताले चितवनलाई न्याय गर्ने भए माओवादी केन्द्रकै उमेदवारी फिर्ता हुने भन्दै न्याय गर्न नचाहने नेतृत्वको आदेश पालना पनि नहुने अडान राखिरहेका छन् ।

 

पौडेलले उम्मेदवारी फिर्ता नलिए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का परेको छ । भरतपुर महानगरको मेयरमा गठबन्धनको तर्फबाट प्रचण्ड पुत्री रेणु दाहालले पनि उम्मेदवारी दिएको छ । पौडेलको उम्मेदवारसँगै दाहालको भोट काटिने सम्भावना बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने