२०८३ भदौ २०, शनिबार
 

यी हुन् नेपाल भित्र्याउन रोक १० प्रकारका सामानहरु (सूचीसहित)

prabhu bank home loan

काठमाडौं – सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो ।

उद्योग मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको विवरणअनुसार, विलासी उपभोग्य वस्तु असार मसान्तसम्मका लागि भित्र्याउन प्रतिबन्ध लगाइएको हो ।

यस्ता छन् आयातमा रोक लगाइएका वस्तुको सूची :

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरु एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने

८. २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

तर कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ । यस्तै वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू नहुने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने