

काठमाडौं – ललितपुरको ढोलाहिटीस्थित ‘अन्तिम विकल्प’ले क्यान्सर लगायतका अन्य रोग निको पार्ने भन्दै उत्पादन मिति नै उल्लेख नगरेको आफ्नै क्लिनिकमा उत्पादित चमत्कार नामक औषधि बिक्री गर्दै आएको छ।

बिरामीले प्रयोग गर्ने औषिजस्तो संवेदनशील कुरामा समेत अन्तिम विकल्पले खेलवाड गरिरहेछ छ। चमत्कार नाम गरेको उक्त औषधिमा औषधिको उत्पादन भएको मिति, औषधिको म्याद सकिने मिति र कम्पनीको नाम समेत उल्लेख गरिएको छैन।
यस विषयमा अन्तिम विकल्पका सञ्चालक सुवास सुब्बालाई भेटेर कुराकानी गर्दा अन्य औषधी देखाएर आफ्नो क्लिनिकमा भएको सबै औषधिमा उत्पादन मिति भएको दावि गरे। हामिले चमत्कार नाम गरेको उक्त औषधिमा उत्पादन मिति देखाउन भनेपछि १० दिनको लागि औषधि लगेकाले उत्पादन मिति नभएको जवाफ दिए।

यस क्लिनिकमा औषधीहरु प्लास्टिकको सानो झोलामा खुला रुपमा हालेर बेचिन्छ । यस्ता औषधिहरूलाइ क्लिनिकले आयुर्वेदिक नाम दिइ हजारौं मुल्य लिने गर्दछ।

सामाजिक सञ्जालहरूमा विज्ञापन हेरेर ‘अन्तिम विकल्प’ मा दैनिक ५० हाराहारी बिरामी पुग्छन् । हामि पुग्दा यसका सञ्चालक सुब्बाले त्यहाँ पुगेका बिरामिहरुलाइलाइ अस्पताल लगेमा मृत्यु हुने र अन्तिम विकल्पमा राखेमा मात्र बिरामि ठिक हुने झुटा आश्वासन दिइरहेका थिए।
आयुर्वेदिक उपचारका नाममा ठगी धन्दा चलाउने ‘अन्तिम विकल्प’ जस्ता संस्थालाइ सम्बन्धित निकायले कारवाही गर्नुपर्ने देखिन्छ।

