२०८३ बैशाख ८, मङ्लबार
 

आज सत्तागठबन्धनको बैठक बस्दै, तालमेलको मोडालिटी टुंगाउने

तश्विर रासस
prabhu bank home loan

काठमाडौं –  स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।

गठबन्धनले तालमेलको खाका बनाउन कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको चुनावी संयन्त्र समेत बनाएको छ। यो समितिले तल्लो तहको सिफारिसको आधारमा उम्मेदवार टुंग्याउने बताइएको छ।

 

गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि मंगलबार तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो।

 

अपीलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षर छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने