

काठमाडौं – राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु आयोजना गरी “घोडेजात्रा समारोह २०७८” सम्पन्न भएको छ ।

उक्त समारोहमा अश्वकलाका विविध रोचक कार्यक्रमहरु राइड पासरडगद्वारा मार्चपास, टांगन घोडा दौडरडगद्वारा झण्डोतोलन, साईकल रेस, शो-जम्प, ड्रिल राइडरगार्ड डगबाट कला प्रदर्शन, हर्स बलरडग रिले रेस लगायतका विविध रोमाञ्चक कलाहरु प्रदर्शन गरिएको थियो।

विभिन्न प्रदर्शनी पश्चात समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यूबाट म्युजिकल राईडमा प्रथम र द्वितीय हुने क्रमशस् घोडसवार उप सेनानी श्रीमद सिल्वाल र सह सेनानी प्रविन लामिछाने, शो-जम्पमा प्रथम र द्वितीय हुने क्रमशस् घोडसवार अमल्दार लिलाराम खड्का र प्युठ रोशन कुमार श्रेष्ठलाई पुरस्कार प्रदान गर्नु भएको थियो भने अन्य विभिन्न विधाहरुमा उत्कृष्ट हुन सफल व्यक्तिहरुलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले नगद पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा उप राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, सम्माननीय का.मु. प्रधान न्यायाधिस, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, नेपाल सरकारका माननीय मन्त्रीहरु, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, महामहिम राजदुतहरु, पूर्व प्रधानसेनापतिहरु, विभिन्न विदेशी दुतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरु, अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मीहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।
हेर्नुहोस् तश्विरहरू :






