२०८३ असार ३१, बुधबार
 

कालो मार्सी धान फलाउन १२ चैत्रको महत्व

फोटो गुगलबाट साभार
prabhu bank home loan

काठमाडौँ – आज अर्थात चैत्र १२ गतेका दिनसम्म पनि हाट(परदेश) गएका मुली घर आई पुगेनन् भने उतै मर्यो होला भन्ने लोकउक्ती विशेषत कर्णालीमा आजसम्म पनि चलेको पाईन्छ । आफू बाँचेको प्रमाण दीनको लागि पनि हाट गएका परदेशी १२ चैत्र भित्र घर आईपुग्ने गर्दछन् ।

कर्णालीको विशेषत जुम्लामा फल्ने कालो मार्सी धानको उत्पादन प्रक्रिया चैत्र १२ गतेबाट सुरु हुने भएकाले बिउ भिजाउने दीनलाई यति धेरै महत्व दिएको हुनसक्छ ।

१२ गते भन्दा अघि वा पछि विउ भिजाउदा के हुन्छ त ? भन्ने प्रश्नको उत्तर नभए पनि चैत्र १२ भन्दा पहिला वा पछि कोहि कसैले पनि बिउ भिजाउने गरेको संस्कार पाईएको छैन ।

चैत्र १२ गते बिउलाई केलाउने र पानीमा भिजाउने गरीन्छ । बोरामा हालेर साना साना पोखरी वा खोलामा चार दिनसम्म बिउलाई भिजाईन्छ ।

बिउलाई बोरामा हालेर कुलो÷खोला वा पोखरीमा भिजाउने चलन हाल हराउदै गएको छ । यसरी पोखरी वा कुलोमा भिजाउदा गाउँलेले प्राय सामुहिक रुपमा भिजाउने गर्दथे । हाम्रो समाजको विखण्डन वा वेमेलका कारण सामुहिकमा गरीने यस्ता कार्य विस्तारै हराउदै गईरहेका छन् ।

हिजो आज किसान आफूलाई चाहिने बिउ अहिले घरमा भएका ताउलो, ड्रम वा ट्यांकामा बिभाउने गर्दै आएका छन् ।
चैत्र १६ गतेलाई कर्णालीमा  एउटा चाडको रुपमा मनाईन्छ । १२ गते बिउसँगै भिजाएको केहि धानलाई भुटेर चिउरा कुटिन्छ । यसरी तयार पारीएको चिउरालाई न्वागी भनिन्छ । न्वागी आफ्नो कुल देवतालाई चढाई सकेपछि सगुनको रुपमा खाने गरीन्छ ।

दिउसो चिउरा कुटिन्छ भने साँझपख १२ गते भिजाएको बिउलाई भिजाएको भाँडोबाट झिकेर घरको चुल्हो नजिकै भोज पत्र र लुगाले छोपेर न्योनो बनाएर राखिन्छ ।
बिउको अंकुरण छिटो होस् भनि प्रत्येक दिन बिउमा तातो पानी पनि हालिन्छ । बिर्नामा छर्नु अघि जति धैरै बिउ अंकुरण भयो त्यति नै राम्रो मानिन्छ ।

१२ गते भिजाईएको बिउलाई २० गते बेर्नामा लगेर छरीन्छ । बेर्नामा पानीका मात्रा कमी हुन नदिन प्रत्येक दिन पानी लगाईन्छ । नयाँ वर्ष बैशाख १ गते भने बेर्नामा पानी हालिदैन । बेर्नामा गई पुजा आजा गरी बेर्नाबाट २० औं अंजुली पानी निकालेर फालिन्छ । बिउलाई हानी गर्ने बेर्नामा भएको विषलाई फालेको प्रतिकको रुपमा सो फालिएको पानीलाई मानिन्छ ।

चैत्र १२ गते भिजाएर बेर्नामा छरीएको बिउ जेठको तेस्रो सातासम्म रोप्नको लागि तयार हुन्छ । जेठको तेस्रो सातादेखि असारको पहिलो सातासम्म कालो मार्सी धान रोपी सकिन्छ ।

जेठमा रोपेको मार्सी धान अशोजमा पाक्छ र काटिन्छ ।
चैत्रको १२ गते बाट सुरु भएको मार्सी धानको प्रक्रिया अशोजमा समाप्त भई हामीले खाने कालो मार्सी धान तयार हुन्छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five + 14 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने