

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार एक लाख तीन सय रुपैयाँ प्रतितोलामा छापावल र ९९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

