२०८३ बैशाख ८, मङ्लबार
 

सनराईज बैंकले राज्यलाई करीव २५ करोड तिरेन

लुट्न सके लुट राज्यलाई ।

prabhu bank home loan

काठमाडौं,

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार सनराईज बैंकले कर्जा प्रवाह नगरेकोले करीव २५ करोड जरीवाना तिर्नु पर्ने तर तिरेको र नेपाल राष्ट्र बैंकले असुल गरेको छैन । निर्देशन अनुसार “क” वर्गका बाणिज्य बैंकहरुले पुष, चैत्र र असार समान्तमा आफ्नो कुल कर्जाको कृषिमा ११, उर्जामा ६ र साना तथा मझौला उद्योग क्षेत्रमा ११ प्रतिशत कर्जा अनिवार्य गर्नु पर्ने हुन्छ । आर्थिक वर्ष २०७७/२०७८ को चैत्र र असार त्रयमासमा सनराईज बैंकले कृषि, उर्जा र साना तथा मझौला उद्योगीक क्षेत्रमा तोकिदिएको प्रतिशत कर्जा प्रवाह गरेको छ भने पुष त्रयमासमा कर्जा प्रवाह गर्न सकेको छैन ।

आर्थिक वर्ष २०७५/२०७६ मा कृषीमा १० प्रतिशत कर्जा प्रवाह नगरेकोले नेपाल बंगलादेश बैंकबाट रु. ४,०१,३२,०४५.९७ (चार करोड एक लाख बत्तिस हजार पैतालिस रुपैयाँ, सन्तानब्बे पैसा) नेपाल राष्ट्र बैंकले जरीवाना असुल गरी सकेको छ । तत्कालिन राष्ट्र बैंकका कर्मचारी र नेपाल बंगलादेश बैंकका कार्यकारी प्रमुख बिच भएको दुस्मनीका कारण बंगलादेश बैंकबाट राष्ट्र बैंकले जरीवाना असुल गरेको तत्कालिन समयमा बजार हल्ला चलेको थियो । यो हल्ला मात्र नभएर सत्य भएको राष्ट्र बैंकका जरीवानासँग सम्बन्धित पछिल्ला गतिविधीले पनि प्रमाणित गरी रहेका छन् ।

सनराईज बैंकमा हालका गभर्नर महा प्रसाद अधिकारीको शेयर छ । उनको शेयर भएको हिमालयन बैंक, बैंक अफ काठमाण्डु, सिद्धार्थ बैंक, एनएमबि बैंकले पनि गभर्नरको साथ पाएर करोडौं जरीवाना तिरेको छैन भने राष्ट्र बैंकले असुल गरेको छैन ।

आर्थिक वर्ष २०७७/२०७८ को पुष मसान्तमा सनराईज बैंकले कृषिमा ११.४ प्रतिशत कर्जा लगानी गरेर तोकी दिएको प्रतिशत पु¥याएकोले सो शिर्षकमा जरीवाना तिर्नु परेन । सोही त्रयमासमा उर्जामा ५.७५ कर्जा प्रवाह गरेकोले करीव रु. ७८५००००/– र साना तथा मझौला उद्योग क्षेत्रमा ३.२२ प्रतिशत मात्र कर्जा प्रवाह गरेकोले करीव रु. २४,४५,७०,०००/– गरी कुल जम्मा रु. २५,२४,२०,०००/–जरीवाना राज्यलाई तिर्नु पर्ने र राष्ट्र बैंकले असुल गर्नु पर्ने तर दुबै पक्षको मिलेमतोमा उल्लेखीत जरीवाना तिर्ने र असुल गर्ने कार्य भएको छैन ।

नेपाल राष्ट्र बैंकका गभर्नर र प्रबक्ताले हाम्रो चंखेली खबरको मोवाइल नं. ब्लक गरेकोले हामीले उनीहरुको प्रतिक्रिया लिन सकेनौ । बैंकले यति ठूलो जरीवाना किन तिरेन ? भनि हामीले सनराइज बैंकका सूचना अधिकारी अपछ कुमार यादव र कार्यकारी प्रमुख सुमन शर्मा लाई सम्पर्क गरका थियौं । दुबै जना हाम्रो सम्पर्कमा आउन चाहेनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

16 + four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने