२०८३ बैशाख १८, शुक्रबार
 

सकेसम्म सहमतिबाटै नेतृत्व छानौंः देउवा

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन लगत्तै आमनिर्वाचन भएकाले त्यसलाई प्रभाव पार्ने गरी अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताउनु भएको छ । पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नु राम्रो भएको र सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उहाँको तर्क थियो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जित हारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान पनि गर्नु भएको छ । ‘सकभर सहमतिबाटै नेतृत्व टुंगो लगाऔं । तर त्यसो भएन भने अस्वस्थ प्रतिस्पर्धा र कटुता नहोस्, म सबैलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘महाधिवेशन लगत्तै आमचुनाव छ, पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’

महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता कार्यकर्ताहरू उस्तै उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान पनि गर्नुभयो । ‘सबैतिर उत्साह छाएको छ, उत्साहसहित काठमाडौं आउनुभएको छ, अब सबै उत्साहका साथ गाउँ घर फर्केर पार्टीलाई चुनाव जिताउन लाग्न अनुरोध छ’ देउवाले भन्नुभयो ।

उक्त पुस्तक डा. महतले त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रुप हो । डा. महतले वीपी कोइरालाको पालामा नेपाली कांग्रेसको आर्थिक नीति नैं अहिलेको आधुनिक नेपालको आर्थिक नीति भएको बताउनुभयो । नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिबारे यस पुस्तकबाट जानकारी लिन सकिने बताउँदै उहाँले अंग्रेजी भाषामा रहेको पुस्तकलाई नेपालीमा पनि प्रकाशित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने