मोहन वैद्य अस्पताल भर्ना काठमाडौ चंखेली खबर अशोज ३१, २०७८अशोज ३१, २०७८ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि वैद्यलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। लामो समयदेखि निमोनियाबाट ग्रस्त वैद्यमा केही दिनयता दमको समस्या देखिएको थियो। एक्कासी दम बढेपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। अहिले उनको उपचार जारी रहेको र अवस्था जटिल रहेको चिकित्सकले बताएका छन्।