

सोह्र श्राद्ध भनेको आश्विनकृष्णपक्ष: अर्थात पितृपक्ष भनेर पनि परिभाषित गरिन्छ। यस पक्षमा आफ्ना समस्त पितृ हरु लाई सम्झेर पिण्ड दान गरिन्छ। यस पक्षमा आफ्ना बाबुको तिथिमा श्राद्ध गरिने गरिन्छ। यस श्राद्ध लाई महालय श्राद्ध पनि भन्ने गरिन्छ। महालय शब्दलाई यसरी बुझ्न सकिन्छ। महान् आलय: अर्थात तिर्थ क्षेत्र पवित्र स्थानलाई यो शब्दको प्रमुख अर्थ मानिन्छ। यसर्थ यश श्राद्धमा पनि शुद्धता,पवित्रातालाई प्रमुखताका साथ गरिने हुनाले यश श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ।
श्राध्द शब्दको अर्थ – श्रध्दया पितृन् उद्दिश्य विधिना क्रियते यत्कर्म तत् श्राध्दम्।
अर्थात् आफ्ना पितृहरुलाइ उद्दिश्य बनाएर श्रध्दा पुर्वक गरिने कर्मलाइ श्राध्द भनिन्छ ।
श्राध्दलाई विभिन्न धर्म ग्रन्थले यसरी परिभाषित गरेको पाइन्छ —
महर्षि पराशरले श्राद्ध लाई यसरी परिभाषित गर्नु भएको छ।
देशेकाले च पात्रे च विधिनाहविषा च यत
तिलै दर्भश्च मन्त्रैश्च श्रद्धंस्याच्छ्रया युतम्
अर्थात्ः पवित्र,स्थान,समय तथा पात्रमा हविष्यादि विधिद्वारा युक्त भएर जुन कर्म गरिन्छ त्यसलाई श्राद्ध भनिन्छ। महर्षि पुलस्त्यले पनि श्राद्धको वर्णन यसरी गरेका छन्। देश,काल र पात्रमा विधिपुर्वक श्रद्धा द्वारा पितृहरुको उद्देश्य गरेर जुन वस्तु ब्राह्मण हरुलाई दिईन्छ यसैलाई श्राद्ध भनिन्छ।
यसरी श्राद्धलाई शुद्घ र पवित्राका साथ गरिने कर्मका रुपमा व्याख्यान गरेको पाईन्छ। यो नै श्राद्धको महत्व हो।
श्राद्धम् न कुरुते मोहात तस्य रक्तम् पिबन्तिते – ब्रहम्पुराण
जुन व्यक्तिले श्राद्ध गर्दैन त्यसले पाईला पाईलामा कष्ट सहनु पर्दछ र मृतक प्राणिले बाध्य भएर सम्बन्धित कर्ताको ( श्राद्ध नगर्ने कर्ताक रगत पिउदछन्) र पितृले स्राप दिएर फर्कन्छन्। त्यसैले पितृ पक्षमा श्राद्ध गरौ र पुण्यको भागि बनौँ।


