२०८३ बैशाख १८, शुक्रबार
 

नेता बर्षमान पुन थप उपचारको लागी बैंकक प्रस्थान

काठमाडौ

prabhu bank home loan

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उनी पत्नी ओनसरी घर्तीसँगै हिमालयन एयरबाट बुधबार बिहान त्यसतर्फ लागेका हुन् ।

नेता पुन स्वास्थ्य भिसामा गएका हुन् । सामान्य भिसामा जाँदा क्वारेन्टिन बस्नुपर्ने भएपछि उनी स्वास्थ्य भिसामा गएका हुन् । स्वास्थ्य भिसामा गएपछि सीधै अस्पतालमा उपचार गर्न पाउने बताइएको छ ।

पूर्व अर्थ तथा उर्जामन्त्री पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुनेछ ।

जण्डिसबाट ग्रसित उनको केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भएको थियो । नर्भिकमा निको नभएपछि थप उपचारका लागि उनी बैंकक गएका हुन् ।

नेता पुन चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक गएको बताइएको छ ।

यस्तै सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पुनलाई भेटेर बैंककमा थप उपचार गर्न सुझाव दिएका थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने