२०८३ बैशाख १८, शुक्रबार
 

लगातार आज तेस्रो दिन पनि सेयर बजार राताम्य

काठमाडौ

prabhu bank home loan

लगातार तेस्रो दिन पनि शेयर बजार उच्च अङ्कले घटेको छ । अस्ति आइतवार ६१ र हिजो साेमवार ७३ अङ्कले घटेको नेप्से आज ७० दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६ सय १५ दशमलव ४० विन्दुमा झरेको हो ।

आज पनि कारोबार भएका सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय १८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १५ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ ।

आज हिमालय पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गुराँस फाइनान्सको शेयर १० प्रतिशत घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड ३० लाख ३५ हजार कित्ता शेयर पाँच अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको १८ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने