२०८३ बैशाख १८, शुक्रबार
 

माओवादी केन्द्रले पाठ्यक्रम बनाएरै प्रशिक्षण कक्षा संचालन गर्ने

काठमाडौ

prabhu bank home loan

माओवादी केन्द्रले पार्टीका विभिन्न तहमा प्रशिक्षण कक्षा सञ्चालन गर्ने गरी कार्यविधि बनाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल इन्चार्ज र गिरिराजमणि पोखरेल प्रमुख रहेको स्कुल विभागले विभागका सबै तहका लागि लागू हुनेगरी कार्यविधि बनाएको हो। सोमबार पार्टी स्थायी कमिटी बैठकमा स्कुल विभाग प्रमुख पोखरेलले कार्यविधि प्रस्ताव पेस गरेका छन्।

विभागका अनुसार आधारभूत, माध्यमिक र उच्च गरी तीन वटा तहमा पार्टी स्कुल संचालन गर्ने कार्यविधिमा प्रस्ताव छ। हरेक तहका लागि कार्ययोजना तथा पाठ्यक्रम बनाउने तथा पार्टी र संगठनको आवश्यकता अनुसार विशिष्ट प्रशिक्षण कक्षासमेत सञ्चालन गर्न सकिने कार्यविधिमा छ।

विभागले हरेक वर्ष कम्तिमा एउटा खुल्ला बहस संचालन गर्ने तथा संसदीय मोर्चामा भइरहेका वा हुन पर्ने बहससँग पार्टीलाई जोड्न आवश्यक विधि, विज्ञता र संयन्त्रको विकास गर्ने पनि कार्यविधिमा छ।

कार्यविधिमा पार्टीको एउटा केन्द्रीय स्कुल विभाग हुने र केन्द्रीय स्कुल विभाग मातहत प्रदेश, जिल्ला, पालिका, वडा तहसम्म स्कुल विभागको संरचना रहने उल्लेख छ। केन्द्रीय स्कुल विभागले मातहतका कमिटीका लागि तहगत आधारमा पाठ्यक्रम तय गर्ने कार्यविधिमा छ।

पार्टीका हरेक तहका स्कुल विभागले सम्बन्धित तहको सरकार र जनप्रतिनिधिसँग समन्वय गरी पार्टी नीति अनुरुप आवश्यक कक्षाहरु अघि बढाउने पनि कार्यविधिमा छ। हरेक तहका जनप्रतिनिधीहरुका लागि पार्टीको नीति तथा घोषणा पत्रमा आधारित भएर विभागले पाठ्य सामाग्री तयार पार्ने कार्यविधिमा छ। जनप्रतिनिधि निर्वाचित भएको तीन महिनाभित्र प्रशिक्षण दिने र हरेक वर्ष कक्षा अद्यावधिक गर्ने कार्यविधिमा छ।

कार्यविधिअनुसार प्रशिक्षार्थी छनोट गर्ने काम सम्बन्धित तहको स्कुल विभागले गर्ने तथा पार्टीका सबै साधारण सदस्यले अनिवार्य रुपमा आधारभूत तहको कक्षा लिएको हुनु पर्ने कार्यविधिमा व्यवस्था छ। पार्टी सदस्य प्रदान गरेको मितिले तीन महिनाभित्र आधारभूत तहको प्रशिक्षण प्रदान गरिसक्नु पर्ने कार्यविधिमा छ।

पार्टीमा सहभागी संगठनात्मक हैसियतका आधारमा वा खुल्ला ढंगले परीक्षा दिएर माध्यमिक र उच्च तहको प्रशिक्षण लिन सकिने कार्यविधिमा छ। विषयवस्तु र पाठका आधारमा प्रशिक्षक छनोटको अधिकार सम्बन्धित कमिटीलाई हुने प्रस्ताव छ। केन्द्रीय स्कुल विभागले कमिटी संख्याका आधारमा प्रशिक्षक उत्पादन गर्ने प्रस्तावमा छ।

पार्टी स्कुल विभागले वैचारिक तथा नीतिगत काम गरिरहेका देशभित्रका सामाजिक संस्था, विश्वविद्यालय, प्रतिष्ठानहरुसँग विषयगत आधारमा अन्तरक्रियात्मक तथा कार्यक्रमिक सम्बन्ध स्थापित गर्ने कार्यविधिमा प्रस्ताव छ।

यसैगरी विभागले विदेशस्थित भाइचारा तथा मित्र पार्टीहरुका स्कुल विभागसँग सम्बन्ध स्थापित गरेर काम अगाडि बढाउने प्रस्ताव छ। विभागले मुलुक भित्रका अन्य राजनीतिक दलका स्कुल विभागसँग मित्रता र समन्वयात्मक आदान प्रदानको सम्बन्ध राख्ने पनि कार्यविधिमा प्रस्ताव छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने