२०८३ असार ३१, बुधबार
 

एउटै चिर्पटले हानेर पालैपालो सवैको हत्या गरेँ:अभियुक्त

संखुवासभा

prabhu bank home loan

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

चैनपुरमा आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न भनिएका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको हो । यही भदौ २१ गते बिहान तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको वीभत्स हत्या भएको थियो ।

पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले लोकबहादुर वैदेशिक रोजगारीमा गएको र असफल भई फर्केको पाइएको बताए ।

उनले भने, “यो योजनागत भन्दा पनि आवेशमा आएर गराएको देखिएको छ । मानिसक रूपमा समेत विक्षिप्त भएका लोकबहादुले आफूलाई अवहेलना भएको भन्ने मानसकिताले हत्या गरेको पाइएको छ ।”

उनले हत्या गर्दा प्रयोग गरेको कपडा र प्रयोग गरेको वस्तु फरेन्सिक जाँचको लागि पठाइएको डीआइजी बिसीले जानकारी दिए ।

डीआईजी बिसीले भने, “अभियुक्तले एउटै चिर्पट प्रयोग गरेको रहेछ । त्यसलाई अगेनोमा ल्याएर डढाएको रहेछ । एउटै चिर्पटले बारम्बार टाउकोमा हान्दा एकै प्रकृतिको चोटबाट सबैको मृत्यु भएको अनुसन्धानबाट देखिएको छ ।” प्रहरीको विभिन्न तहबाट खटिएको टोलीकै कारण हत्यारासम्म पुग्न सफल भएको बिसीले बताए ।

प्रहरीले शुक्रबार नै छिमेकी तथ नातामा भतिज पर्ने लोकबहादुरलाई पक्राउ गरेको थियो । आफूमाथि तेजबहादुरले बारम्बार गरेको अपमानको बदला लिन पहिले उनको हत्या गरेको र पछि परिवारका सदस्यले समेत देखेको हुनाले सबैलाई पालैपालो हत्या गरेको कार्कीले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अरूको हत्या गरेको बयान उनले दिएका छन् ।

मादी नगरपालिका–१, उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाति दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । घटनामा परिवारका सातजनामध्ये आँखा कम देख्ने र कम सुन्ने बौद्धमान मात्र जीवित छन् ।

अनुसन्धान गर्ने क्रममा आवश्यक प्रमाणहरू जुटाउन प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो । आरोपित कार्कीले नातामा काका पर्ने तेजबहादुर घरबाट निस्किएको देखेपछि आक्रमण गर्ने योजना बनाएको र चाङबाट एउटा चिर्पट निकालेर खोल्सीमा पुगेपछि आक्रमण गरेको बताएका छन् ।

आक्रमणपछि तेजबहादुरले गुहारगुहार भन्दै चिच्याएको सुनेर श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएको र उनीहरूलाई पनि लोकबहादुरले चिर्पटले हानेका थिए । पछि दुई छोराछोरीलाई पनि लोकबहादुरले आक्रमण गरेको बताइएको छ ।

काकालाई मात्र मार्ने लक्ष्य भए पनि अरूले देखेकोले सबैलाई सिध्याइदिएको कार्कीले प्रहरीसमक्ष बयान दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

17 + fifteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने