२०८३ बैशाख ८, मङ्लबार
 

MCC को बिरोध गर्ने छ जना पक्राउ

संवाददाता

prabhu bank home loan

एमसीसीको विरोधमा प्रदर्शन गर्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सबै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ता हुन् ।

मध्यान्ह विरोध प्रदर्शन गर्ने क्रममा हरि गजुरेलसहित ६ जनालाई अमेरिकी राजदूतावास अघिबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

गृहमन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। त्यहीअनुसार सोमबार प्रहरी बिहानैदेखि सम्भावित प्रदर्शनस्थलमा चनाखो बसेको छ।

शुक्रबार जारी विज्ञप्तिमा मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्ष्य गरी प्रत्यक्ष र परोक्ष रूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधिको सूक्ष्म निगरानी गरिने उल्लेख थियो ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्ति एमसीसी सम्झौताका विषयमा भइरहेका आलोचनामा लक्षित थियो । आइतबार भने नेपाली आकाशमा अनुमतिबिना भारतीय हेलिकोप्टर उडाइएकोमा र तुइन घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीलाई कारबाही नभएको भन्दै भएका प्रदर्शन निरुत्साहित गर्न विज्ञप्ति जारी गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 + eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने