२०८३ असार ३१, बुधबार
 

छानबिन समितिको ढुलमुले प्रतिवेदन,झारा टार्ने मेलो:तुइन प्रकरण

काठमाडौ

prabhu bank home loan

दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता प्रकरणबारे छानविन गर्न बनेको समितिले अस्पष्ट खालको प्रतिबेदन सरकारलाई बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानविन समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई अस्पष्ट प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षाबल (एसएसबी)का अधिकारीले धामी चढेको तुइन काटे नकाटेको बारे केही उल्लेख गरेको छैन । यद्यपि, छानविन समितिले तुइन सहित धामी महाकाली नदीमा बग्दा एसएसबीका अधिकारीहरु घटनास्थलमै रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

तुइन आफैँ चुडिएको हो वा एसएसबीका सुरक्षाकर्मीले काटिदिएका हुन भन्ने विषयमा प्रतिवेदनले केही खुलाएको छैन । गृह मन्त्रालयले विज्ञप्ति मार्फत प्रतिवेदनका मुलभूत विषय सार्वजनिक गरेको हो ।

समितिले घटनास्थलमा एसएसबीका सुरक्षाकर्मी रहेकाले उनीहरुमाथि कुटनीतिक माध्यमबाट छानविन गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा भनिएको छ, ‘एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा धामी सवार तुइन चुँडिएकाले नीजहरुको संलग्नताको सम्बन्धमा अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरिएको छ ।’

प्रतिवेदनमा कुटनीतिक माध्यमबाट पहल गरी एसएसबीका सुरक्षाकर्मीमाथि छानविन गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति एवं राहत उपलब्ध गराउन भारतीय पक्षसँग नेपाल सरकारले पहल गर्नुपर्ने सिफारिस गरेको छ ।

छानविन समितिले आफू र सरकारलाई विवादबाट मुक्त हुने हिसावले जोगिएर प्रतिवेदन तयार पारेको भन्दै विज्ञहरुले आलोचना समेत गरेका छन् ।

साउन १५ गते दार्चुलाको मालघाटबाट तुइनको प्रयोग गरी भारतको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन सहित धामी वेपत्ता भएका थिए । भारतीय एसएसबीका सुरक्षाकर्मीले धामी सवार तुइन काटेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले  ५ सदस्यीय छानविन समिति गठन गरेको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve − eleven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने