काठमाडौं,
सरकारले कोरोना विरुद्धको भेरोसेल खोप खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिनुभएको छ ।
२४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि विज्ञप्तिमा भनिएको छ । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाइएको छैन । ४० लाख डोज खरिदका लागि सम्झौता भएको र नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु सार्वजनिक गर्न नमिल्ने अधिकारीहरू बताउँछन् ।