

काठमाडौं,
कलाकारहरुले सिन्धुपाल्चोकको बाढी पहिरो पीडितहरुलाई राहत उपलब्ध गराउन सिन्धु सहयोग कोष स्थापना गरेका छन् । बाढी पहिरोबाट भएको क्षति र विपदमा सहयोग पुर्याउने उद्धेश्यले विहीबार काठमाडौंमा भएका कलाकारहरुको बृहत भेलाले सिन्धु सहयोग कोषमा २२ लाख रुपैंयाँ संकलन भएको छ । बाढी पहिरोबाट क्षति भएको सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, पॉचपोखरी र ईन्द्रावतीमा सहयोग गर्न सिन्धु सहयोग कोष स्थापना गरिएको संयोजक कृष्ण मल्लले जानकारी दिनुभयो ।
कलाकर्मीद्वारा सञ्चालित सिन्धु सहयोग कोषमा किरण के.सी. राज के.सी. ग्रुपको तर्फबाट २ लाख ५३ हजार र सोभित उप्रेतीले २ लाख ५१ हजार सहयोग गर्नुभएको कोषाध्यक्ष जितु नेपालले जानकारी दिनुभयो । मेरो सिन्धुपाल्चोक म कसरी रोएको हेर्न सक्छु, म हैन अब हामी मिलेर आँसु पुछ्ने बाचा गर्नेछौं भन्ने नाराका साथमा भएको भेलाबाट १० सदस्यीय कोष व्यवस्थापनका लागि समिति गठन गरेको छ ।
दिर्घकालिन सोचका साथ सम्पुर्ण कलाकर्मीहरुको एकता भएको र मेलम्चीको पानी खानेहरुले सिन्धुको पीडमा मलम लगाउने प्रयास गरीरहेको संयोजक मल्लको भनाइ छ । सिन्धुपाल्चोकबासीको पीडामा मल्हम लगाउनका लागि समितिले स्वतः स्फूर्त सहयोगका लागी सबैमा अपील पनि गरेको छ ।
रकम संकलन विवरणः
करिश्मा मानन्धर – १,००,०००
कृष्ण मल्ल (नेपाल फिल्म सोसाईटी) – १,०१,०००
कृष्ण ढुंगाना – ५०,५५५
जितु नेपाल – ५१,०००
चेतन सापकोटा – ५०,०००
नेपाल चलचित्र कलाकार संघ – ५१,०००
गोपालकाजी कायस्थ – २५,०००
जनकदीप पराजुली (नेपाल चलचित्र निर्देशक समाज) – १,०१०००
किरण के.स. राज के.सी. ग्रुप – २,५३,०००
सुभाष खड्का – १,००,०००
भुवन के.सी. – १,००,०००
सुरेन्द्र के.सी. – २५,०००
नेपाल चलचित्र द्वन्द्व कलाकार संघ (नारायण प्रधान) – २५,०००
दीपा श्री निरौला – १,०१,०००
शिवहरी नेपाल”बैरागी” – २५,५२५
ईन्द्र दोङ (खम्बे) – ७५,०००
मदनदास श्रेष्ठ – ५१,००० (घर निर्माणका लागि ५,००,००० राष्ट्रिय जेष्ठ नागरिक महासंघ)
सोभित उप्रेती – २,५१,००० (घर निर्माणका लागी ११,००,०००)
मधु कुमार श्रेष्ठ – ५१,०००
नेपाल चलचित्र नृत्य संघ – २५,०००
सुनिता दुलाल – ५१,५५५
अनु उर्मिला सेरचन – १०,०००
समितिका पदाधिकारीहरुः
कृण्ण मल्ल – संयोजक
करिश्मा मानन्धर – सहसंयोजक
कृष्ण ढुंगाना – सदस्य सचिव
जितु नेपाल – कोषाध्यक्ष
चेतन सापकोटा – सहकोषाध्यक्ष
किरण के.सी. – सदस्य
श्वेता खड्का – सदस्य
सुनिता दुलाल – सदस्य
पुजा शर्मा – सदस्य
भुवन के.सी. – सदस्य


