२०८३ बैशाख ५, शनिबार
 

गृह मन्त्रालयका अनुसार पहिरो र बाढीमा परेर ६ जनाको मृत्यु, २८ बेपत्ता

prabhu bank home loan

काठमाडौं,

लगातारको वर्षासँगै आएको पहिरो र बाढीमा परेर मुलुकभरमा ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार बाढी पहिरोमा परी ६ जनाको मृत्यु भएको हो । केही दिनयता बाढी पहिरोमा परेर २८ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् ।

बाढी पहिरोबाट सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरा प्रभावित भएका गृहले जनाएको छ । अहिलेसम्म सिन्धुपाल्चोकमा २, कास्की, पाल्पा, बाजुरा र डोटीमा १/१ गरेर ६ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको हो । बाजुरा, गोर्खा, प्युठान र अर्घाखाँचीमा १/१, जाजरकोटमा ७ तथा सिन्धुपाल्चोकमा १७ गरी २८ जना वेपत्ता भएको विज्ञप्तिमा उल्लेख छ ।

बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा ६, स्याङ्जामा १, डोटी र जुम्लामा २/२ गरेर ११ जना घाइते भएका छन् । सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी घाइते भएका ६ जनाको उद्धार गरी ललितपुरको बिएन्डबी अस्पतालमा उपचार भइरहेको गृहले जनाएको छ । बाढी पहिरोले ८९ घरमा पूर्ण र २६ घरमा आंशिक गरेर १ सय १५ घरमा क्षति पुगेको छ । बाढी पहिरोमा परेका सिन्धुपाल्चोकमा ४६ र दाङका ४ गरेर ५० जनाको सकुशल उद्धार गरिएको गृहले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ताकपडा, औषधि र पानी व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten + twenty =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने