२०८२ जेष्ठ ६, सोमवार
 

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहू पदमुक्त

एजेन्सी,

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहू पदमुक्त हुनु भएको छ । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहनुभएका उहाँ संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदमुक्त हुनु भएको हो । विपक्षी गठबन्धनका नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बन्नुभएको छ ।

आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवारलाई ६० सांसदले मत दिए । तीव्र प्रतिस्पर्धाका कारण नेतन्याहूले अन्तिमसम्म पनि हार स्वीकार गर्नु भएको थिएन । अब उहाँ इजरायली संसदमा प्रतिपक्षी नेता एवं दक्षिणपन्थी लिकुड पार्टीको प्रमुखको रुपमा भने रहनुहुनेछ ।

विपक्षीहरूबीच आफूलाई हटाउने सहमति भएलगत्तै सत्ता जोगाउन हरसम्भव प्रयास गर्नुभएका ७१ वर्षीय नेतन्याहूले आफू अरूले सोचेभन्दा छिटो सत्तामा फर्किने बताउनुभएको छ । नेतन्याहू सत्ताबाट बाहिरिनुलाई कतिपय विश्लेषकले एक युगको अन्त्य भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिँदै आफ्नो सरकार इजरायलको नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताउनु भएको छ । विपक्षीहरूबीच भएको सहमति अनुसार दुई वर्षपछि बेनेटले सत्ता छोड्नु पर्नेछ भने त्यसपछि याइर लापिड प्रधानमन्त्री बन्नु हुनेछ ।

उनीहरूको गठबन्धनमा अन्य साना तथा मझौला दलहरू पनि सहभागी छन् । पहिलो पटक इजरायलका अरब अल्पसंख्यकको पार्टी युनाइटेड अरब लिस्ट पनि सरकारमा सहभागी हुनेछ । मार्च २३ मा भएको पछिल्लो निर्वाचनको परिणामअनुसार एक सय २० सदस्यीय इजरायलको संसद कुनेसटमा नेतन्याहुको लिकुड पार्टीको ३० सिट छ । उहाँले अरू तीन वटा धार्मिक र राष्ट्रवादी पार्टीहरूसँग गठबन्धन गर्नुभएको थियो । अहिले प्रधानमन्त्री बन्नुभएका ४९ वर्षीय बेनेटको पार्टीले उक्त चुनावमा ६ सिटमात्र जितेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने