

काठमाडौं,
आज जुन १ तारिख अर्थात विश्व दूध दिवस दुग्ध क्षेत्रले सम्पूर्ण आर्थिक विकास, पोषण तथा खाद्य सुरक्षण एवं जिविकोपार्जनमा पुर्याएको महत्वपूर्ण योगदानको मनन गर्दै मनाइँदैछ । विश्वमा खाद्य तथा कृषि संगठन (एफएओ) ले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन शुरु गरेको हो । विश्वरभर विभिन्न कार्यक्रमको आयोजना गरी २१ औं अन्तराष्ट्रिय विश्व दूध दिवस मनाइँदैछ ।
नेपालले पनि दुग्ध क्षेत्रको महत्वमाथि प्रकाश पार्न सन् २०११ बाट यो दिवस मनाउन शुरु गरेको हो । यस वर्ष दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घ जीवन भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ ।
कोभिडका कारणले भौतिक रुपमा उपस्थीत भई मनाउन नसकिएता पनि भर्चुअल मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्रीज्यू पद्मा कुमारी अर्यालज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको छ ।

