२०८३ बैशाख ४, शुक्रबार
 

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी

prabhu bank home loan

दाङ,

लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ । नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५ सय २८ मतभारले पराजित गर्दै पाण्डेय विजयी हुनु भएको हो । पाण्डेयले ४ हजार एक सय ४० मत ल्याउँदा खड्काले ३ हजार ६ सय १२ मत पाउनु भएको निर्वाचन आयोगले जनाएको छ ।

आजको मतदानमा २ सय ९७ जनाले मतदान गरेका थिए । त्यसमध्ये स्थानीय तहतर्फ खसेको २ सय १२ मध्ये पाण्डेयले एक सय १८ मत पाउनुभएको थियो भने एमालेका उम्मेदवार खड्काले ९४ मत पाउनु भएको थियो । प्रदेश सभाका ८३ मतमध्ये एक मत बदर भएको थियो । पाण्डेले ४२ मत पाउँदा खड्काले ४० मत पाउनु भएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । यसअघि नेकपा एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य रहनु भएका पाण्डेय सांसदबाट राजीनामा दिएर काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

नेकपा एमालेका तर्फबाट उम्मेद्वार रहनुभएका खड्का यसअघि माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो । एमालेमा प्रवेश गरेपछि माओवादीले उहाँलाई कारबाही गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 − 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने