२०८३ बैशाख ४, शुक्रबार
 

आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक, आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक

prabhu bank home loan

काठमाडौं,

नेपालको आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलो पटक २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ ।
शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१र७२ को महाभूकम्पबाट श्रृजित आर्थिक क्षतिभन्दा पनि यो उच्च भएको जनाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताउनुभयो ।

स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएको भएपनि चालु आर्थिक वर्षको तेश्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बन्दै गएको उहाँको भनाइ छ ।

‘आर्थिक बर्ष २०७६/७७ मा कोभिड १९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुनेगरी आर्थिक वृद्धिदर पछिल्लो २ दशकमै पहिलो पटक २ दशमलब १२ प्रतिशतले ऋणात्मक रहेको छ । यो आर्थिक बर्ष २०७१/७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि उच्च हो ।’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएकोमा चालु आर्थिक बर्षको तेश्रो चौमासिकबाट तिब्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बनेको छ ।’

आर्थिक सर्वेक्षण २०७८ मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलब ८ प्रतिशतले वृद्धि भई एक हजार एक सय ९१ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई एक हजार एक सय ९६ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । पछिल्ला वर्षहरुमा बस्तु तथा सेवाको औषत मूल्यस्तर वाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ ।

आर्थिक बर्ष ७६/७७ मा तीनै तहका सरकारको एकीकृत खर्च ११ खर्ब ९१ खर्ब ६ करोड रुपैया रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६ प्रतिशत र पुँजीगत खर्च ३४ दशमलब १ प्रतिशत र वित्तीय व्यवस्था ९ दशमलब ९ प्रतिशत रहेको छ । त्यसैगरी सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजश्वमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलब ६ प्रतिशतले बढेर ५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ ।

कोभिड १९ बाट प्रभावित उद्योग व्यवसाय निरन्तरताका लागि २०७७ फागुनसम्म ४८ हजार ८ सय ३१ ऋणीका लागि १ खर्ब ४२ अर्ब १७ करोड पुनरकर्जा स्वीकृत भएको मन्त्रालयले जनाएको छ । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहमा गरि ३४ अर्ब ११ करोड विनियोजन भएकोमा १० अर्ब ९५ करोड खर्च हुन बाँकी रहेको मन्त्री पौडेलले बताउनुभयो ।

पछिल्ला वर्षमा मानव विकास सूचकाङ्कमा सुधार हुदै गएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो वर्षभन्दा सुधार भई शुन्य दशमलब ६०२ पुगेको छ । पुनर्निर्माणको क्षेत्रमा यसवर्ष ऐतिहासिक सफलता हासिल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कोभिड महामारीमा परेका व्यवसायीले बैक ऋणको ब्याजमा १० अर्ब २१ करोड ६६ लाख छुट पाएका छन् ।

मन्त्रालयले पुँजीबजार प्रति लगानीकर्ताको आकर्षण बढेको, बीमा व्यवसायको दायरा विस्तार भएको, निर्यातमा वृद्धि भएको र शोधान्तर तथा राजश्व संकलन लगायत अर्थतन्त्रका समष्ठीगत सूचकहरु सकारात्मक रहेको जनाएको छ । मन्त्रालयले कोभिड महामारीबाट उत्पन्न आर्थिक संकटको बाबजुद पनि नेपालको मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको, शोधान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सवल रहेको र पुनर्निर्माणमा भएको प्रगति र पुर्वाधार विकासको क्षेत्रमा भएको विस्तारको कारण आगामी दिनमा आर्थिक स्थिति सवल हुदै अर्थतन्त्र भि आकारमा वृद्धि हुने अनुमान गरिएकोमा कोभिड दोश्रो लहरले गतिशिल बन्दै गएको अर्थतन्त्रमा पुन चुनौति र जोखिम बढाएको जनाएको छ ।

आर्थिक सर्वेक्षण २०७८ विस्तृतमा पढ्नुस्ः

https://mof.gov.np/uploads/news/file/आर्थिक%20सर्वेक्षण%20२०७७_७८%20Press_20210528091019.pdf

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three + twenty =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने