२०८३ असार ६, शनिबार
 

हेलम्बुका ५ सय वर्षभन्दा पुराना ३ वटा गुम्बा पुननिर्माणको शिलान्यास

prabhu bank home loan

मेलम्ची,

भूकम्पले भत्काएका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका ५ सय वर्षभन्दा पुराना ३ वटा गुम्बा पुननिर्माणका लागि शिलान्यास भएको छ । मेलम्ची घ्याङ, तार्के घ्याङ र सेर्माथाङ घ्याङ्हरुको बौद्ध धर्म विधिअनुसार पुजागरी बुद्ध जयन्तीको अवसरमा विधिवत शिलान्यास गरिएको पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

भूकम्पले भत्काएका सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ सय वर्षभन्दा पुरानो ऐतिहासिक पुरातात्त्विक गुम्बाहरु भारत सरकारको अनुदानमा नेपाल सरकार भूकम्प पूनःनिर्माण प्राधिकरण, पूरातत्व विभाग, भवन विभागले निर्माणको संयोजन गरिरहेको उहाँको भनाइ छ ।

करोडौंको लगानीमा बन्न लागेका पूरातात्विक महत्वका यी गुम्बाहरु सिमेन्ट पिलर र ढलान प्रयोग नगरिने र अधिकतम काठ प्रयोग गरेर बनाईने भएकाले यी गुम्बाहरु साँच्चै नमुना हुनेछन् । सिलन्यास समरोहमा पूर्वकानुनमन्त्री शेर बहादुर तामाङ लगायत बौद्ध धर्मगुरु पूर्वमन्त्री खेन्पो डा लार्क्याल लामा, बागमती प्रदेश सांसद निमा लामा, समाजसेवी दावा लामा ह्योल्मो लागायत धर्म गुरुहरु, सम्बन्धित गुम्बाका लामाहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्यक्रमहरु गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten − 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने