२०८३ भदौ ८, सोमवार
 

जनमैत्री अस्पताललाई ४० थान कुर्सी दान

prabhu bank home loan

काठमाडौं,

गोरखा, गाईखुर स्थायी घर भई हाल जरंखु, काभ्रेस्थली निवासी अनिता पन्तले कोभिडका विरामी र कुरुवा बस्नका लागि जनमैत्री अस्पताललाई ४० थान कुर्सी दान गर्नुभएको छ । अस्पतालको अवलोकन क्रममा बिरामीको चाप थपिएर बस्ने कुर्सीको अभाव देखेपछि रवी लामिछाने फाउण्डेशनद्धारा कोभिडका बिरामीको लागि सञ्चालन गरेको जनमैत्री अस्पताललाई कुर्सी हस्तान्तरण गर्नुभएको हो ।

अस्पताल जाँदा विरामी र कुरुवाहरु बस्ने खाली कुर्सी खोज्नु पर्ने देखेको र आफू पनि केहीबेर उभिनु परेपछि कुर्सी सहयोग गरेको पन्तले बताउनुभयो । ‘तरकारी किन्दा बचत गर्दै गरेको केही रकम खर्च गरि कुर्ची सहयोग गरेको हुँ’ दाता अनिताले भन्नुभयो, ‘मेरो आफ्नो कमाई नभए पनि एक गृहिणीको हिसावले घर चलाउन श्रीमानबाट हात पर्ने रकमबाट गरेको बचत र श्रीमानसँग केही रकम लिएर कुर्ची किनेर अस्पताललाई उपलब्ध गराएकी हुँ ।’

 

सफल पर्यटन ब्यावसायी उहाँका श्रीमान सुशील पन्त पनि समाजिक काममा सक्रिय हुनुहुन्छ । गोरखाका विभिन्न विद्यालयको स्तरोन्नति, लायन्स सामाजिक कार्य, शिक्षासेवा आदीमा पन्तको सक्रियता रहेको छ । अहिलेको महामारीबाट उम्कन सबैको साथ रहनु पर्ने र यस्तो अवस्थामा देखिएको अभावमा केहि गर्छु भनेर पन्तले गर्नुभएको सहयोग अरुका लागि समेत प्रेरणाको श्रोत हुने फाउण्डेशनका डिपि अर्यालले टिप्पणी गर्नुभयो ।

सबैको साथ सहयोगमा फाउण्डेशनले जनमैत्री अस्पताललाई कोभिडको विरामी उपचारको लागि सञ्चालन गर्ने प्रयत्न गरेको छ । असहाय र निम्न आर्थिक अवस्था भएका बिरामीहरुको लागि यहाँ निःशुल्क उपचार गर्ने गरिएको छ । अर्यालको आब्हान थियो, ‘महामारीमा सबैले सकेको साथ र हौसला प्रदान गरी महामारीलाई पराजय गरौं, हामी पनि यहि आब्हान गर्न चाहन्छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने