२०८३ बैशाख ५, शनिबार
 

यसरी भर्नुस् मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर

prabhu bank home loan

काठमाडौं,

मध्य भोटेकोशी जलविद्युत कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु ६ अर्बको १० प्रतिशत अर्थात् रु ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गरेको छ ।

जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन हुने छ ।

यस आईपिओमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ ।

शेयरको लागि आवेदन दिँदा निम्न कागजातहरू पेश गर्नु पर्ने छः
सिन्धुपाल्चोक जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्र लिने आवेदकको हकमा

  • आयोजना प्रभावित क्षेत्रको बासिन्दा भएको प्रमाणित हुने नागरिकता प्रमाणपत्रको प्रतिलिपि (प्रतिलिपिमा स्वयंले दस्तखत गरेको हुनुपर्ने) ।
  • नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र तथा संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

अन्य जिल्लाबाट स्थानीय बासिन्दाको रुपमा आयोजना प्रभावित क्षेत्ररसिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने आवेदकको हकमा

  • अन्य जिल्लाबाट सिन्धुपाल्चोक जिल्लामा विवाह सम्बन्ध कायम भई आउने महिलाको हकमा निजको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाह दर्ता प्रमाणपत्रमा निजको पति सिन्धुपाल्चोक जिल्लाको बासिन्दा रहेको व्यहोरा खुल्नुपर्ने वा निजको पतिले सिन्धुपाल्चोक जिल्लाबाट लिएको नागरिकता नम्बर उल्लेख भएको हुनुपर्ने) ।
  • अन्य जिल्लाबाट सिन्धुपाल्चोक जिल्लामा बसाई सराई गरी आउनेको हकमा आह्वानपत्र प्रकाशन (आह्वानपत्र प्रकाशन भएको मिति २०७८।०१।१३ गते) हुनुभन्दा अगावै बसाईसराई गरी आएको प्रमाण खुल्ने स्थानीय तहले लेखेको पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि । आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरु तथा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बस्ने बासिन्दाहरुले यस निष्काशनमा आवेदन दिन हितग्राही खाता आवश्यक नभए पनि हितग्राही खाता खोलेमा शेयरको लागि आवेदन गर्न सहज हुने र भविष्यमा निष्काशन हुने अन्य कुनै पनि कम्पनीको शेयर आवेदन गर्न सकिने भएकोले यथासक्य छिटो आफूलाई पायक पनि कुनै पनि आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुमा गई हितग्राही खाता खोली आफूलाई शेयर आवेदन गर्न पाउने हकबाट वञ्चित नगर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौँमा रहेका सिन्धुपाल्चोकवासीलाई काठमाडौंबाट समेत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

यी हुन् आवेदन दिन सकिने संकलन केन्द्र

सिन्धुपाल्चोक जिल्लाभित्रः

ग्लोबल आइएमई बैंक लिमिटेड, साँगाचोकगढी न.पा. ५, चौतारा ।
ग्लोबल आइएमई बैंक लिमिटेड, बाह्रबिसे न.पा.९, बाह्रबिसे ।
लक्ष्मी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ५,चौतारा ।
लक्ष्मी बैंक लिमिटेड, लिसंखुपाखर गा.पा. ७, ठुलोपाखर ।
लक्ष्मी बैंक लिमिटेड, सुनकोशी गा.पा. ७, खाडीचौर बजार ।
लक्ष्मी बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
मेगा बैंक नेपाल लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ६, चौतारा ।
मेगा बैंक नेपाल लिमिटेड, हेलम्बु गा.पा. २, हेलम्बु ।
मेगा बैंक नेपाल लिमिटेड, इन्द्रावती गा.पा. ४, इन्द्रावती ।
मेगा बैंक नेपाल लिमिटेड, पाँचपोखरी थनपाल गा.पा. ६, पाँचपोखरी ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., बाह्रबिसे न.पा. ६, बाह्रबिसे ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., चौतारा साँगाचोकगढी न.पा. ८, चौतारा ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., जुगल गा.पा. ५, जुगल ।
सिन्धु विकास बैंक लिमिटेड, बाह्रबिसे न.पा. ८, बाह्रबिसे ।
सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।
सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।
सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, सुकुटे ।
सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ५, चौतारा ।
सिन्धु विकास बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
सिन्धु विकास बैंक लिमिटेड, सुनकोशी गा.पा. १, ठोकर्पा ।
सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, मुढे, ।
सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, सिलढुंगा ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, त्रिपुरासुन्दरी गा.पा. ४, पिसकर ।
सिभिल बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।
सिभिल बैंक लिमिटेड, बाह्रबिसे न.पा. ४, बाह्रबिसे ।
प्रभु बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।
नेपाल बंगलादेश बैंक लिमिटेड, भोटेकोशी गा.पा. ४, तातोपानी ।
नेपाल बंगलादेश बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।
कुमारी बैंक लिमिटेड, मेलम्ची न.पा.११, मेलम्ची ।
कुमारी बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।
कुमारी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, चौतारा ।
बैंक अफ काठमाण्डू लिमिटेड, सुनकोशी गा.पा. ३, तातोपानी ।
एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।
एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा.५, बलेफी बजार ।
माछापुछ्रे बैंक लि।, तातोपानी, सिन्धुपाल्चोक । (प्रस्तावित)
महालक्ष्मी विकास बैंक लि., खाडीचौर, सिन्धुपाल्चोक । (प्रस्तावित)

काठमाण्डौं उपत्यकाभित्रः

ग्लोबल आइएमई क्यापीटल लि., नक्साल, काठमाण्डौं ।
एनआइविएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौ। ।
प्रभु क्यापिटल लि., कमलादी, काठमाण्डौं ।
सानिमा क्यापिटल लि., पुतलीसडक, काठमाण्डौं ।
लक्ष्मी क्यापिटल मार्केट लि., नयाँ बानेश्वर, काठमाण्डौं ।
सिभिल क्यापिटल मार्केट लि., सुन्धारा, काठमाण्डौं ।
सिविआइएल क्यापिटल लि., डिल्लीबजार, काठमाण्डौं ।

उपरोक्त संकलन केन्द्रहरुमा चेकमात्र बुझिलिने व्यवस्था गरिएको छ । साथै नेपाल धितोपत्र बोर्डबाट मिति २०७५।१०।०७ को निर्देशन बमोजिम आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुले ऐच्छिक रुपमा आस्वा प्रणाली मार्फतसमेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको बारेमाः
मध्य भोटेकोशी जलविद्युत कम्पनी नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लि।को मुख्य प्रबर्धकत्वसहित स्थानीय ४ कम्पनीहरु (सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., नेपाल अरनिको हाइड्रोपावर लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा. लि., सिन्धु भोटेकोशी हाइड्रोपावर लि.) को १ १ प्रतिशत संस्थापक शेयर लगानीमा स्थापित भएको हो ।

सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु. ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु. ६ अर्ब तथा चुक्ता पूँजी रु. ४ अर्ब ५० करोड रहेको छ । निर्माणाधीन यस आयोजनाको अद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याज बाहेक रु. १५ अर्ब ३ करोड २ लाख ९० हजार रुपैयाँ र निर्माण अवधिको ब्याजसहित रु. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।

कम्पनीको प्रक्षेपीत वित्तीय विवरण अनुसार निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रु. १६,६४,०४,१०१।– रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ७.७० वर्ष रहेको छ । यस आयोजनाको इजाजतपत्र वहाल रहने अवधि मिति २०७०।०८।१८ देखि २१०५।०८।१७ सम्म जम्मा ३५ वर्ष रहेकोमा हाल २७ वर्ष ७ महिना बाँकी रहेको छ ।

मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण कार्यको लागि पूँजी जुटाउन प्रारम्भिक रुपमा चिलिमे जलविद्युत कम्पनी लि।ले तयार गरेको लागत अनुमान रकम रु. १२ अर्ब २८ करोड ३३ लाखको आधारमा सो को आधा रकम (अर्थात रु. ५ अर्ब १४ करोड १६ लाख ५० हजार) ऋण लिने दिनेगरी यस कम्पनी, चिलिमे जलविद्युत कम्पनी लि. र कर्मचारी सञ्चयकोष बीच मिति २०६८ मंसिर २२ गते त्रिपक्षीय ऋण सम्झौता भएको थियो ।

आयोजना निर्माणको क्रममा बिभिन्न प्राकृतिक प्रकोप लगायतका कारणहरुले आयोजना निर्माण अवधि थप गरिए अनुरुप उक्त ऋण संझौताको अवधि पनि थप गर्न कर्मचारी सञ्चयकोष, चिलिमे जलविद्युत कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनी लि. बीच दिर्घकालिन कर्जा लिने दिने सम्वन्धमा मिति २०६८ मंसिर २२ गतेको त्रिपक्षीय ऋण सम्झौतामा संशोधन गर्न मिति २०७७ साउन १४ मा भएको पुरक ऋण सम्झौता बमोजिम साविकको ऋण रकमलाई दिर्घकालिन कर्जा–१ नामाङ्कन गरी आयोजनाको संशोधित लागतअनुसार आवश्यक पर्ने थप कर्जा रकम रु।२ अर्ब ७४ करोड ६९ लाख ९० हजारलाई दिर्घकालिन कर्जा–२ को सिमा कायम गरी कुल रु। ८ अर्ब ८८ करोड ८६ लाख ४० हजार रकम बराबरको दिर्घकालिन कर्जाको व्यवस्थाको लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

उक्त ऋण सम्झौता बमोजिम कोषबाट प्रवाह हुने दीर्घकालीन कर्जाको साँवा, ब्याज, हर्जाना, शुल्क र अन्य खर्चसमेतको सम्पूर्ण रकम तिर्ने अवधि अधिकतम १० (दश) बर्षको निर्माण अवधिसहित अधिकतम २० (बीस) बर्षको कायम भएको र कर्जाको अवधि कर्जा प्रवाह शुरु भएको मितिबाट गणना हुने व्यवस्था गरिएको छ । निर्माण अवधि पश्चात कर्जाको प्रथम किस्ता प्रारम्भ भएको मितिबाट दीर्घकालीन कर्जा–१ को हकमा १० (दश) बर्ष र दीर्घकालीन कर्जा–२ को हकमा अधिकतम ५ (पाँच) बर्ष कायम भएको छ । यसरी हाल आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी र ऋण पूँजीको अनुपात ४१ः५९ रहेको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक शेयरधनीहरु (श्री नेपाल विद्युत प्राधिकरण–१०, चिलिमे जलविद्युत कम्पनी लिमिटेड–३७, सिन्धुपाल्चोक हाइड्रोपावर कं. लि.–१, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.–१, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.–१ र सिन्धु भोटेकोशी हाइड्रोपावर लि.–१ प्रतिशत) रहेको छ भने ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समुह (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी– १९.५, संस्थापक संगठित संस्थाका कर्मचारी–३.५, ऋणदाता संस्थाका कर्मचारी–१, सिन्धुपाल्चोक जिल्लाका स्थानीय–१० र सर्वसाधारण–१५ प्रतिशत) का लागि छुट्याइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने