२०८२ जेष्ठ ६, सोमवार
 

कोरोनाका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको मृत्यु

काठमाडौं,

नेपालमा कोरोना संक्रमणमा दिनदिनै नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको मृत्यु भएको छ । आइतबार २७ र सोमबार ३७ जनाको मृत्यु भएको थियो । वैशाख महिनाको २१ दिनमा मात्रै ३५९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

वैशाख पहिलो साता दैनिक मृत्यु हुनेको संख्या एक अंकमा थियो । तर ७ गते ११ जना र ८ गते १० जनाको मृत्यु भयो । १२ गते २८ जना संक्रमितको मृत्यु भएको थियो १६ गते ३५ जना र १९ गते २७ जनाले ज्यान गुमाएका थिए । पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी अर्थात ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१६ हजार एक सय ३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजार ७ सय ७९, भक्तपुरमा ५ सय १३, ललितपुरमा ६ सय १ संक्रमित फेला परेका हुन् ।

योसँगै संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमित मात्र ५९ हजार ७ सय ९८ रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा एक हजार ७ सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने