२०८३ बैशाख ४, शुक्रबार
 

कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

prabhu bank home loan

काठमाडौं,

सरकारले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । पहिलो चरणमा खोप लगाएकाहरुलाई मँगलबारदेखि यहि बैशाखको ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो ।

पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए । उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उहाँको भनाइ छ । सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिने छ ।

आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप कार्ड लिएर गएर खोप लगाउन सकिने गौतमको भनाइ छ । ज्वरो आएका वा कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले भने खोप लगाउन मिल्दैन । खोप लगाएपछि पनि दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुनु बानी कायम राख्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 + 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने