

काठमाडौं,
बुधबार पानी परेपछि देशभर डढेलो सँख्यामा कमी आएको छ । अहिले मध्य तथा सुदुरपश्चिमको क्षेत्रका केही स्थानमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । बुधबार साँझदेखि विहीबार विाहनसम्म देशभरका ४४ स्थानमा डढेलो लागिरहेको छ ।
अहिले सबैभन्दा बढी डढेलो डोटी, डडेलधुरा र सल्यानमा देखिएको छ । डोटीको ९ स्थानमा र डडेलधुरा र सल्यानका ७ स्थानमा डढेलो लागिरहेको विभागले जनाएको छ ।
त्यसपछि सुर्खेतका ४ स्थानमा, प्रदेश नम्बर १ को सुनसरीका ३ स्थानमा र प्रदेश २ को पर्सा जिल्लाका ३ स्थानमा डढेलो लागिरहेको विभागले जनाएको छ ।
डढेलोको मुख्य जोखिम हुने समय फागुनदेखि जेठसम्म हो । तर यो वर्ष मंसिरयता ७३ जिल्लाका २ हजार ७ सय १३ स्थानमा डढेलो लागिसकेको छ । गत वर्ष यही अवधिमा १ सय ८८ स्थानमा मात्र डढेलो लागेको थियो । प्रिमनसुन सुरु भइसके पनि पानी पार्ने प्रणाली भित्रिन ढिलाइ हुँदा डढेलोको जोखिम अरू बढ्ने देखिन्छ ।

