२०८३ जेष्ठ १२, मङ्लबार
 

निर्वाचन आयोगद्धारा प्रादेशिक निर्वाचन कार्यालय उद्घाटन

prabhu bank home loan

काठमाडौं,

निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रादेशिक निर्वाचन कार्यालय उद्घाटन गरेको छ । हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रादेशीक कार्यालय स्थापना गरिएको हो ।

प्रादेशिक कार्यालयको बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भर्चुअल माध्यमबाट उद्‍घाटन गर्नुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मन्त्रिपरिषदले गएको माघ २६ गते निर्वाचन आयोग अन्तर्गत सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत गरेपछि कार्यालय उद्घाटन गरिएको उहाँको भनाइ छ ।

नेपाल प्रशासन सेवा, राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवको नेतृत्वमा ९ जना कर्मचारीहरु रहने गरी प्रदेश निर्वाचन कार्यालयको स्थापना गरिएको आयोगले जनाएको छ । प्रादेशीक कार्यालय स्थापना भएसँगै अब ७० वटा जिल्ला निर्वाचन कार्यालय र ७ वटा प्रादेशीक कार्यालय कायम भएको सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।

ती कार्यालयबाट जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामसँगै प्रदेशभित्रका जिल्ला निर्वाचन कार्यालयले सम्पादन गर्ने काम कारवाहीमा प्रभावकारी समन्वय गर्ने उहाँको भनाइ छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैंले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकता अनुसार प्रदेश तथा तोकिए बमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था छ ।

कार्यालय उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगलाई नेपालको संविधान बमोजिम संघीय ढाँचा अनुकूल तुल्याउन र आयोगका काम कारवाहीलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको जानकारी गराउनु भयो ।

साथै, यसरी स्थापित कार्यालयहरुबाट आगामी दिनमा निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवं मतदाता जागरण लगायत आयोगलाई तोकिएका कार्यसम्पादनमा थप सहजता हुने र जिल्ला निर्वाचन कार्यालयहरुको काम कारवाहीमा प्रभावकारी समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने