२०८३ भदौ १४, आइतवार
 

प्रतिनिधिसभाको सातौं अधिवेशन शुुरु

prabhu bank home loan

काठमाडौं,

प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि शुुरु हुुँदैछ । संसद बैठक संसद भवन नयाँबानेश्वरमा अपराह्न चार बजेका लागि बोलाइएको छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न उत्प्रेषणको आदेश दिएको थियो ।

सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरि आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ ।

यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन हुने छ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने छ ।

विधेयक अधिवेशनका रुपमा रहने यो हिउँदे अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरु पनि पेश हुने छन् । बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरु गरी १४ जनाको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची पनि छ ।

संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven + 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने