२०८३ असार ७, आइतवार
 

माटोको डिजिटल नक्साको औपचारिक उद्घाटन, डिजिटल नेपालको यात्रा शुरु भएको प्रधानमन्त्रीको भनाई

prabhu bank home loan

काठमाडौं,

नेपालमा माटोको डिजिटल नक्साको सुरुवात गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्सा उद्घाटन गर्नु भएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी सहयोग नियोग ९युएसएआइडी० को आर्थिक सहयोगमा उक्त नक्सा तयार गरेको हो । अन्तराष्ट्रिय मकै तथा गहुँ बाली सुधार केन्द्र ९समिट० द्वारा सञ्चालित नेपाल बीउ तथा मल परियोजना (एनसाफ) ले नेपालका विभिन्न गाउँ विशेषको माटोको अवस्था झल्कने डिजिटल नक्सा तयार पारेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

यो नक्साबाट भौगोलिक स्थान विशेषको माटोका प्रकार थाहा पाउन सकिनेछ । यसबाट माटोमा रहेको अम्लीयपना, प्राङ्गारिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा, सुक्ष्म पोषक तत्व, जिङ्क तथा बोरोनको मात्रा थाहा पाउन मद्दत गर्ने मन्त्रालयको दावी छ । नक्साको सहयोगबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिका छनौट गरी त्यहाँको माटोको अवस्था थाहा पाउन सकिन्छ । यसको विशेषता नै आफ्नो रुची र आवश्यकताको आधारमा एक क्लिकमा कुनै क्षेत्रको माटोमा रहेको गुणको बारेमा जानकारी पाउनु हो ।

डिजिटल नक्सामार्फत कृषकको खेतबारीसम्म पुग्नका लागि माटोको नियमित परीक्षण तथा विश्लेषण गर्ने र ती नतिजाहरुलाई प्रमाणीकरण एवम् मान्यता दिने काम हुन्छ । यो निक्सा सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी ५६ वटा जिल्लाबाट कुल २३ हजार २ सय ७३ वटा माटोका नमुनाहरूको परीक्षण गरी तिनको नतिजाको विश्लेषणको आधारमा तयार गरिएको छ ।

डिजिटल नक्साको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश ‘डिजिटल नेपाल’ को यात्रामा अघि बढिसकेको बताउनुभएको छ । अब देशका जुनसुकै कुनाको माटोको बारेमा जानकारी पाउनका लागि एक क्लिक गरे पुग्ने गरी प्रविधि तयार भएको र यो सार्क मुलुकमै पहिलो भएको उहाँले दाबी गर्नुभयो । अब किसानले माटो पोको पारेर ल्याबहरुमा धाउने दिन समाप्त भएको बताउँदै प्रधानमन्त्रीले अब आफ्नै खेतबारीमा मोबाइल तथा कम्प्युटरबाट माटोको जानकारी लिन सकिने बताउनु भएको छ ।

कृषिमन्त्री पद्‌मा अर्यालले परम्परागत खेती गर्ने प्रणाली बदल्नुपर्ने बताउनुभएको छ । परम्परागत खेती प्रणालीले उत्पादनमा ह्रास ल्याएको उहाँको तर्क थियो । माटोको डिजिटल नक्सा कार्यान्वयनमा ल्याउन सकिए कृषिमा क्रान्ति हुने उहाँको दाबी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने