२०८३ बैशाख ९, बुधबार
 

प्रवलीकरणपछि यस्तो देखियो डा. बाबुराम भट्टराईको घर

prabhu bank home loan

गोरखा,

भूकम्पले क्षति पुगेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घर प्रवलीकरण गरिएको छ । गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ बेलवासमा रहेको भट्टराईको पुर्ख्यौली घरलाई विल्ड चेन्ज, युएनओपिएस र राष्ट्रिय पुननिर्माण प्राधिकरण लगायतको प्राविधिक सहयोगमा प्रवलीकरण गरिएको हो ।

भूकम्प गएको पाँच वर्षमा भट्टराईले घर प्रवलीकरण गरेर चिटिक्क बनाउनु भएको छ । प्रवलीकरणको अनुभव सुखद र लाभदायी देखिएको उहाँले बताउनु भएको छ । प्रवलीकरण गर्दा पुननिर्माणभन्दा समय र खर्च कम लागेको भट्टराईको भनाइ छ ।

पुर्ख्यौली घरको सबलीकरणको अनुभवलाइृ पूर्वप्रधानमन्त्री भट्टराईले नौ बुँदामा यसरी उल्लेख गर्नु भएको छः
गोरखास्थित हाम्रो पुर्ख्यौली घरको सबलीकरणको अनुभव निकै सुखद र लाभदायी देखियो हैः
१) पुननिर्माण भन्दा कम समय र खर्च
२) भूकम्पीय र अन्य प्राकृतिक जोखिमको न्यूनीकरण
३) पारिवारिक इतिहास, स्मृति, भावना, आत्मीयता, परिवेसको जगेर्ना
४) परम्परागत कला वास्तुकला, प्रविधि, संस्कृति, हेरिटेजको संरक्षण
५) परम्परागत र आधुनिक प्रविधि, कला, निर्माण सामाग्रीको फ्यूजनबाट नयाँ सौन्दर्यानुभूति
६) सफा र हरित वातावरणको संरक्षण
७) स्थानीय शिपयुक्त जनशक्तिको निर्माण प्रयोग, रोजगारी र आर्थिक अवसरको सिर्जना
८) गाउँबाट शहर पलायन सट्टा शहरबाट गाउँ फिर्ती र आर्थिक/सामाजिक पुनर्जागरण/पुननिर्माणमा योगदान
९) ग्रामीण साँस्कृतिक पर्यटन प्रबर्धन ।

/सरकारले राष्ट्रिय आवास, भवन तथा भौतिक संरचना सबलीकरण नीति, योजना, कार्यक्रम बनाएर स्थानीय तहमार्फत देशैभर लागू गरे कसो होला ?’ भट्टराईको सुझाव छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने