

काठमाडौं,
सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधिसँगै १० लाख जितेको छ ।
उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझाएको छ । पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो संस्करणको फाइनलमा एपीएफसँग पराजित भएको थियो । तेस्रो संस्करणको फाइनलमा पुलिससँग पराजित भएको आर्मीले चौथो संस्करणको फाइनल जित्दा उपाधि त जित्यो नै, समूह चरणमा एपीएफ व्यहोरेको हारको बदला पनि लिएको छ ।
हालसम्मको विजेताः
सन् २०१७ः आर्मी र पुलिस संयुक्त विजेता
सन् २०१८ः एपिएफ विजेता, आर्मी उपविजेता
सन् २०१९ः पुलिस विजेता, आर्मी उपविजेता
सन् २०२१ः आर्मी विजेता, एपीएफ उपविजेता

