२०८३ भदौ ८, सोमवार
 

सन् २०२० मा नेपालमा विपदका घटनाहरुबाट ४ हजार ४ सय ९६ जनाको मृत्यु

prabhu bank home loan

काठमाडौं,

सन् २०२० (जनवरी १ देखि ३१ डिसेम्बरसम्म) मा नेपालमा भएका विपदका घटनाहरुमा परी कुल ४ हजार ४ सय ९६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २०२० मा सडक दुर्घटनाबाट मात्रै २ हजार ८५ जनाको मृत्यु भएको छ ।

सडक दुर्घटनाका कारण ५ हजार २ सय ६० जना गम्भीर घाइते छन् । कोभिड १९ का कारण नेपालमा सन् २०२० मा एक हजार ८ सय ५६ जनाको मृत्यु भएको थियो । सडक दुर्घटना र कोभिड १९ का कारण मात्र ८८ प्रतिशतको मृत्यु भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । एक वर्षको अवधिमा पहिरोमा परी ३ सय ३ र बाढीमा परी ४२ जनाको मृत्यु भएको प्रमुख पोखरेलको भनाइ छ ।

पहिरोमा परी ६४ जना र बाढीमा परी ३७ जनासहित विपदमा परेर एक सय २ जना बेपत्ता छन् । चट्याङका कारण ८२, आगलागीका कारण ५३ र सर्पदंशका कारण २१ जनाको मृत्यु भएको तथ्याङ्क छ । प्राधिकरण गठन भएपछि नेपालमा विपदका कारण भएका क्षति सम्बन्धीको विवरण संकलन, अद्याबधिक तथा पूर्वतयारी र जोखिम न्यूनीकरण सम्बन्धीको काम प्रभावकारी ढँगबाट भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने