२०८३ बैशाख ५, शनिबार
 

अर्को बैंकको एटीएम प्रयोग गर्दा माघ १ देखि शुल्क लाग्ने

महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने शुल्क नलाग्ने

prabhu bank home loan

काठमाडौं,

आगामी माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटीएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए । पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।

बिहीबार निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रति कारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो । यसअघि अधिकतम शुल्क तोकिएको थिएन ।

त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

8 + 12 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने