२०८३ बैशाख ५, शनिबार
 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ मैत्रीपूर्ण क्रिकेट हुँदै

prabhu bank home loan

चितवन,

भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आउँदो माघ २४ गते राष्ट्रिय खेलाडी र कलाकारका बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । इभेन्ट म्यानेज्म्यान्ट संस्था ‘गृष्मा ब्रोडकास्टिङ’ को आयोजनामा रंगशाला निर्माणार्थ मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुन लागेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिनुभयो ।

फेसबुकमार्फत प्रतियोगिताबारे जानकारी दिनुभएका कट्टेलले लेख्नु भएको छ, ‘गृष्मा ब्रोडकास्टिङको आयोजनामा धुर्मुस सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रंगशाला निर्माणार्थ मैत्रीपुर्ण क्रिकेट म्याच आउँदो माघ २४ गते ! राष्ट्रिय खेलाडीहरुको साथमा हामी कलाकारहरु … ।’

निर्माणका लागि खेलौं भन्ने नारासहित हुन लागेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि क्रिकेट एशोसियसन अफ नेपाल (क्यान) तथा भरतपुर महानगरपालिकासँगको सहकार्यमा हुन लागेको अध्यक्ष कट्टेलले जानकारी दिनुभयो । प्रतियोगिता रंगशालाभित्रको नमुना क्रिकेट खेल मैदानमा आयोजना हुने उहाँको भनाई छ ।

मंसिर २७ गतेदेखि ३० गतेसम्म गौतमबुद्ध कप

उक्त नमुना क्रिकेट खेल मैदानमा यहि मंसिर २७ गतेदेखि ३० गतेसम्म गौतमबुद्ध कपको आयोजना हुन लागेको कट्टेलले बताउनुभयो । ‘बागमती क्रिकेट संघको आयोजना, चितवन क्रिकेट संघको सहआयोजना र भरतपुर महानगरपालिका र बागमती प्रदेश खेलकुद विकास समितिको सहयोगमा यहि मंसिर २७ गतेदेखि ३० गतेसम्म गौतमबुद्ध कपको आयोजना हुँदैछ ।’ उहाँले भन्नुभयो, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना क्रिकेट खेल मैदानमा उक्त प्रतियोगिता आयोजना गरेकोमा आयोजकहरुप्रति हामी आभारी छौं । प्रतियोगिता सफलताको कामना गर्दछौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

13 + 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने